डिस्चार्ज हुँदै कलाकार श्रेष्ठले भने : शरीर फलामजस्तो लाग्थ्यो तर हावा रहेछ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आज डिस्चार्ज भएका छन् । अस्पताल बसाईको आठ दिनपछि उनी डिस्चार्ज भएका हुन् ।
शुक्रबार राति करिब १० बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो राखेर श्रेष्ठले आफू आठ दिनपछि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् ।
‘आज आठ दिनको मेडिसिटी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर आएको छु । खुसी लागिरहेको छ । तर, यो दुःखको घडी हो । यो संसारको प्रलय हो,’ उनी भन्छन्, ‘यो बेला सबैलाई माया गरौँ । शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ ।’
उनले यो बेलामा राजनीतिक इख राखेर आफ्नो मनलाई फोहोर नबनाउन सुझाव दिएका छन् । उनले भने, ‘सबैले सबैको राम्रो र भलार्इ सोचौँ । एकले अर्कालाई वैमन्यश्यता पालेर केही फाइदा छैन । मनमा राक्षसपन पलाउनु मात्र रहेछ ।’
















आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया