सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटर सेवा शुभारम्भ

जगाती। सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटरको सेवा शुभारम्भ भएको छ ।
बिहीबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.राकेश कुमार बर्माको टोलीलाई आवश्यक उपकरण हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरिएको हो ।
निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिने गरेका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।













Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया