स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

मुगु । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ ।
सोमवार अर्थात चैत १८ गते हुने स्वबियु निर्वाचनका लागि मुगुका सक्रिय विभिन्न दलनिकटका संगठनहरू र एक स्वतन्त्र उम्मेदवार र दुई जना प्रत्यक्ष दलनिकट बाट अध्यक्ष पदका लागि प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका छन् ।
बिगतका बर्ष भन्दा यो वर्ष रारा बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।
प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ , नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
एकातिर पछिल्लो समय विद्यार्थीहरूमा दलहरू प्रति असन्तुष्टि बढ्दै गएकाले सायद मुगुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारी रहेको छ ।
निर्वाचन समितिका निर्वाचन अधिकृत लाल केशर रोकायाका अनुसार नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , एक स्वतन्त्र उम्मेदवार र अखिल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा छन् ।
नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत रोकायाको भनाई छ । प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा हात पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
अध्यक्ष पदका लागि नेविसंघबाट जयलक्ष्मी रावल , गठबन्धन बाट अनेरास्ववियुका रविन्द्र मल्ल र स्वतन्त्र उम्मेदवारका रूपमा सुशिल कुमार मल्ल प्रतिस्पर्धामा छन् ।
कोषाध्यक्ष पदमा नेविसंघ बाट पञ्चादेवि सेजुवाल र गठबन्धन बाट अनेरास्ववियुकी सरीता खड्का , सचिवमा नेविसंघका सागर हितान , गठबन्धन बाट अखिल क्रान्तिकारीकी औसरा बुढाले उम्मेदवारी दिएका छन् । स्ववियु कार्यसमितिको रारा बहुमुखि क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ सदस्यीय हुने व्यवस्था छ ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखि क्याम्पसमा नया नेतृत्व चयनका लागि १ सय ७२ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन् । २०७९ साल चैतमा सम्पन्न निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका राज तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
बिगतका वर्ष भन्दा यो बर्ष ववियु निर्वाचन अलि रोचक देखिने छ । एकातिर गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने अर्को ति स्वतन्त्र उम्मेदवार । यस वर्षको स्ववियु मुगुको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने त्यो हेर्न बाँकि छ । निर्वाचन भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ ।

















प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया