पाटनका स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन

बैतडी । जिल्लाको पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले नेपाल मेड जर्मनी तथा नगरको सहकार्यमा महिलाहरूका लागि तीनवटै स्वास्थ्य संस्थामा निःशुल्क शिविर सञ्चालन हुने जानकारी दिए । उनका अनुसार पाटन–६ को प्राथमिक स्वास्थ्य केन्द्रमा यही चैत २२ गते, पाटन–८ को सिद्धेश्वर चौकीमा २३ गते र पाटन–५ को वसन्तपुर स्वास्थ्य चौकीमा २४ गते निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।
प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या, गर्भ नरहने वा पटकपटक तुहिने, महिनावारी हुँदा पेट दुख्ने वा धेरैपटक रगत बहने, पिसाब गर्दा दुख्ने वा पोल्नेलगायत रोगको जाँच, उपचार तथा परामर्श प्रदान गरिने सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच पनि गरिने छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निता तिमिल्सिना र रेजिना खड्काले सेवा दिने उनको भनाइ छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया