राजवादीहरूलाई एमालेको प्रश्न – मूर्ति चोर्नलाई राजतन्त्र चाहिएको हो ?

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले नआउने ठोकुवा गरेका हुन्।
‘इतिहासले छिनोफानो गरिसक्यो, अब केको हिसाबकिताब ?,’ भट्टराईले भने, ‘राजतन्त्रको समयमा राजा महाराजाले बेचेका मूर्ति हामीले फिर्ता ल्याउँदै छौँ। मैले मन्त्री हुँदा पनि फिर्ता ल्याएको थिएँ।’
उनले विगतमा मूर्ति लैजानेहरूलाई भिसा नचाहिने सुविधाको दुरुपयोग गरेको बताए। ‘आज देशको राष्ट्रपति पनि कुनै देश जानुपर्यो भने भिसा चाहिन्छ। इतिहास हेर्नुहोस्, कसलाई भिसा चाहिँदैनथ्यो?,’ भट्टराईले भने, ‘त्यस्तो सुविधा देशका महत्त्वपूर्ण मूर्ति चोरेर पुर्याउनेहरू अब फेरि चाहिएको हो?’

















अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया