आन्दोलनरत शिक्षकलाइ शिक्षा मन्त्रालयले बोलायो बार्तामा

काठमाडौं। आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
गत बुधवार देखी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाप्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन ।
विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् ।
हिजोवाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधवार देखी शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको भोलीपल्ट मन्त्रालयले बार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।









ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया