गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ ।
चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात÷सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो ।
भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो ।
गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नं वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल) ले जानकारी दिइन् ।
उनका अनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नं वडासँगै १० देखि १४ नंसम्मका वडाहरु रहनेछन् । यस्तै १२ नं वडामा रहेको जाजरबाङ गाउँलाई १३ नं वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ । सिस्ने गाउँपालिका १ र २ नं वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नं वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लले बताइन् ।
गाउँसभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै सङ्घमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ ।
स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ । सोहीअनुरुप पुथाउत्तरगङ्गा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ ।
अहिले रुकुमपूर्वमा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा तीनवटा गाउँपालिका रहेका छन् । स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुमपूर्व सबैभन्दा सानो जिल्ला हो ।














मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया