भेरी अस्पतालका सूचना अधिकारी डा. रिसाल भन्छन्
‘संक्रमित स्वास्थ्यकर्मी विरामीको सेवामा खटिरहेका छन्’

काठमाडौं । भेरी अस्पतालमा कार्यरत करिब ९० जना कर्मचारी संक्रमित भइसकेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी एवं फिजिसियन डा. संकेत रिसाल अहिले अस्पतालमा कोरोना खोप लिएकामा समेत संक्रमण देखिएको बताए ।
उनका अनुसार कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु कोरोनाको सामान्य लक्षण देखिएको छ । उनीहरु सेवामा खटिरहेका छन । “यो अस्पताल २ सय बेडभन्दा कमको प्रदेशको संघीय अस्पताल हो, ”उनले भने, “यस अस्पतालमा १४२ बेड त कोभिडका लागि भनेर छुट्याइएका छौं ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपिडी बन्द गर्न भनेपछि ओपिडी बन्द गरेर सबै बेड कोभिड वार्ड बनाएको उनले जानकारी दिए । उनका अनुसार अस्पतालमा कोरोना देखिएका सबैले खोप लगाएका छन ।
‘कोभिड वार्डमै काम गरिहेका छन् । कुनै लक्षण पनि छैन । तर पिसिआर पोजेटिभ देखिएको छ । जनशक्ति कम हुँदा कोभिड वार्डका चार जना स्वास्थ्यकर्मीहरु २४ सैँ घण्टा वार्डमै बसेर सेवा दिइरहेका छन्,’ उनले भने, “अहिले तीन वटा हल बनाएका छौँ, जसमा एउटा हलमा २४ देखि ३५ बेड रहेका छन्, भने मोनिटरसहितको अक्सिजन रहेका छन् ।” अस्पतालका जुनसुकै विभागमा नन कोभिडको उपचारका लागि आएकाहरुमा पिसिआर गर्दा पोजेटिभ देखिने गरेको छ ।
गत वर्ष थोरै जनशक्ति हुँदा स्वास्थ्य मन्त्रालयले एमबिबिएस लेबलका डाक्टर पठाएको थियो । गत वर्ष प्रदेश सरकारले दिएको जनशक्ति अहिले नियमित काम गरिहेका अस्पतालले जनाएको छ । केही दिनअघि मात्र अस्पतालले कर्मचारी माग गरेको छ ।
जसमा नर्स ४० जनाको माग गरिएको छ । महामारीको समयमा संघीय, प्रदेश र स्थनीय सरकार पनि सक्रिय हुनुपर्ने उनले बताए । अहिलेसम्म भेरी अस्पतालमा एक जना मात्र क्रिटिकलथेरापीका चिकित्सक रहेका उनले जानकारी दिए ।
‘यो कोभिड महामारीको समयमा दुई महिना करारमा आवेदन खुलाउँदा को व्यक्ति सेवा गर्न आउँछ ? ”उनले प्रश्न गरे । महामारीको समयमा सबै मिलेर लडे मात्र महामारी नियन्त्रण गर्न सकिने उनको भनाई छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया