राप्रपा नेता सिहंकाे चेतावनी : जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्
मेरोन्यूज
२०८१ चैत २५ गते १४:१७

काठमाडौँ । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् ।
मंगलबार बल्खुमा आयोजना भएको पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।
‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’
सिंहले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया