राप्रपा नेता सिहंकाे चेतावनी : जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्
मेरोन्यूज
२०८१ चैत २५ गते १४:१७

काठमाडौँ । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् ।
मंगलबार बल्खुमा आयोजना भएको पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।
‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’
सिंहले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’
सम्बन्धित









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया