सोमबार, वैशाख १४, २०८३

हुनेवाला ससुरा पुर्वप्रेमी परेपछि…

मेरोन्यूज २०८१ चैत २५ गते १६:५८

लन्डन। स्कटल्याण्डबाट एउटा राेचक घटना बाहिर आएको छ। 

Advertisement
NiccNicc

बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले हुने ससुरा आफ्नो पूर्वप्रेमी भएको थाहा पाएपछि तनाव उत्पन्न भएको छ ।

क्रिस्टिनाले एक पोडकास्टमा आफ्नो कथा साझा गर्दै भनिन् – ‘केही समय पहिले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटें । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि सम्बन्ध प्रेममा परिणत भयो। दुवैले विवाह गर्ने निर्णय गर्‍याैं ।’

बिहेअघि युवकले ती युवतीलाई आफ्ना आमाबुवासँग भेटाउन लगे। तर युवकको बुबालाई भेट्ने बित्तिकै उनको खुशी स्तब्ध भयो। महिलाले तुरुन्तै आफ्नो पुरानो प्रेमीलाई चिनिन्।

यो खुलासापछि महिला गहिरो तनावमा परेकी छन् । एकातिर उनी आफ्नो मंगेतरलाई साँच्चै माया गर्छिन्, अर्कोतर्फ उनको विगतको तितो सत्यले उनलाई आराम गर्न दिइरहेको छैन। परिवारमा समेत अहिले अन्यौलको वातावरण सिर्जना भएको छ ।

अब पनि आफ्नो सम्बन्ध अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा यो जोडीले नै तय गर्नेछन् ।

प्रतिक्रिया