राप्रपालाई धन्यवाद दिँदै बालेनले भने- ‘कसैले फोहोर गर्ला र जरिवाना तिराउँला भनेर बसेका छैनाैं’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।
मंगलबार स्टाटस लेख्दै शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् । ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’ उनले लेखेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार फोहोर नगर्न कार्यकर्तालाई सचेत गराएका थिए । उनले मेयर बालेनलाई जरिवाना नकाट्न चेतावनी समेत दिएका थिए ।
काठमाडौंमा यसअघि प्रदर्शनका क्रममा फाेहोर गरेको भन्दै महानगरले राप्रपालाई जरिवाना गरेकाे थियाे । त्यसैले मंगलबारको प्रदर्शनमा राप्रपाका अध्यक्षले फोहोर नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया