कांग्रेससँगको सहकार्य ८४ को चुनावपछि पनि कायम रहन्छ: प्रधानमन्त्री ओली
मेरोन्यूज
२०८१ चैत २६ गते १८:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास बोकेका जिम्मेवार पार्टी कम्फर्टेबल बहुमतसहित सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ पनि । अहिले सरकार परिवर्तन भइहाल्छ अर्को आइहाल्छ भन्ने स्थिति छैन । यो २०८४ को चुनावसम्म जान्छ र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ ।’
दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया