गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ ।
गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए ।
फिलिस्तीनी सुरक्षा स्रोतहरूले आक्रमणले आठ वटा घरलाई निशाना बनायो, जसले पुरै क्षेत्रलाई नष्ट गरेको छ । इजरायली सेनाले यस बारेमा केही बोलेको छैन ।
गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् ।
गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको छ भने तीन हजार ६८८ घाइते भएका छन् ।
साथै, इजरायली आक्रमणले नुसेइरात शहरमा दुई जनाको मृत्यु भएको र एक जनालाई घाइते बनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर बताउँदैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार सात सय २९ जना घाइते भएको मन्त्रालयले बताएको छ । इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।











जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया