स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी
मेरोन्यूज
२०८१ चैत २६ गते २०:१०

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।
सभापतिमा नेविसङ्घका मनोजदत्त ओझा विजयी भए । उनले ४८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत पाइन् ।
सचिवमा दर्शन नेगी, कोषाध्यक्षमा पुजा चन्द विजयी भएका छन् । यो सँगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसङ्घले तेस्रो पटक स्ववियू निर्वाचनमा जित हासिल गरेको हो । एक सय २५ मतदाता रहेको क्याम्पसमा एक सय ११ मत खसेको निर्वाचन अधिकृत भवानी सिंह नायकले बताए ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया