आइतबार, वैशाख १३, २०८३

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

मेरोन्यूज २०८१ चैत २८ गते ७:०२

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए।

Advertisement
NiccNicc

न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ। हेलिकोप्टर दुर्घटनाको कारण खोजी हुँदै छ। आकाशबाट हेलिकोप्टर हडसन नदीमा खसिरहेको दृश्य सार्वजनिक भएको छ। जर्ज वासिङ्टन पुलतर्फ हेलिकोप्टर अगाडि बढिरहेको समयमा दुर्घटना भएको हो।

त्यसको लगत्तै बचाउन प्रयास गरिए पनि त्यो प्रयास सफल भएको थिएन। चार जना घटना स्थलमा तथा दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए।

प्रतिक्रिया