एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन

रौतहट । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्।
एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा मदन सापकोटा, जिन्दा देवी, सचीवमा बालकृष्ण श्रेष्ठ, उपसचिवमा पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादव छन्।
चैत २८ गते सुरू भई २९ गते अबेर राति अधिवेशन सम्पन्न भएको थियो।
नवाैं अधिवेशनको पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घघाटन गरेका थिए। जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरू सबै निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक भुपेन्द्र खड्काले बताए।
त्यस्तै जिल्ला कमिटी सदस्यहरूमा राजदेव सहनी मलाहा, ऋषिप्रसाद ढुङ्गाना, बुधाई खाँ पैठान, मिन्त्रा कुमारी, सुरेन्द्र पनहर, चम्पादेवी राम, रामलक्ष्मण पटेल, उर्मीला देवी पासवान, अवधेश साह, फुलझरिया देवी राम, भूमध्य चौधरी, रामपुकार यादव, दिनेश रामलगायत छन्।

















प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया