सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई

मोरङ । नेकपा (एमाले) का स्थायी समिति सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।
एमाले विराटनगर महानगर कमिटीद्वारा आज यहाँ आयोजित दुई दिने अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारीविरुद्ध पार्टीले देशभर जनजागरण अभियान सुरू गरेको प्रष्ट पारे।
प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताए।
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ता एकढीक्का भएर मिसन–८४ लाई सफल बनाउनुपर्ने विचार राखे। एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्बर राईले पार्टीले तय गरेका राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न हामीसबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया