सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई

मोरङ । नेकपा (एमाले) का स्थायी समिति सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।
एमाले विराटनगर महानगर कमिटीद्वारा आज यहाँ आयोजित दुई दिने अधिवेशनको उद्घाटन गर्दै उहाँले गणतन्त्रलाई चुनौती दिने प्रतिगमनकारीविरुद्ध पार्टीले देशभर जनजागरण अभियान सुरू गरेको प्रष्ट पारे।
प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले मुलुकमा राजनीतिक स्थायित्व, विकास निर्माणलाई गतिदिन र सुशासन कायम गर्न नेपाली कांग्रेससँग मिलेर सरकार निर्माण गरेको बताए।
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्यकर्ता एकढीक्का भएर मिसन–८४ लाई सफल बनाउनुपर्ने विचार राखे। एमाले मोरङ इन्चार्ज जीवन घिमिरे र मोरङ सभापति अजम्बर राईले पार्टीले तय गरेका राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न हामीसबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया