आजबाट आन्तरिक हवाई उडान रोकिने
मेरोन्यूज
२०७८ वैशाख २० गते ६:४२

काठमाडौं । सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले आन्तरिक उडान रोक्न सिफारिस मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । सोही सिफारिसअनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको छ ।
आन्तरिकसँगै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको छ । देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने समेत मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ। यसअघि ,जनस्वास्थ्यका विज्ञहरुले भने हवाई उडानमा पनि रोक लगाउन पर्ने बताउँदै आएका थिए ।
सम्बन्धित















पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया