हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँ : अभिनेता आचार्य

काठमाडौँ। कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन्।
सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिनुहुन्छ र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । उनले चलचित्र ‘भूठान’ मा नियमितभन्दा फरक अभिनय गरेका छन् । अर्थात् चलचित्रभर हसाएको दृश्यमा उहाँ देखिँदैनन् । चलचित्र ‘बलिदान’ पछि पूर्णतया गम्भीर पात्रमा आफू पहिलोपटक देखिएको अभिनेता आचार्यले बताए ।
उनले भने, “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने फिल्म अवधिभर एकपटक मात्र हाँसेको छु ।”
चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै उनले सुरुमा कथाअनुसारको पात्र भएर बाँच्न कठिनाइ भएको स्मरण गरे । किनकि उनले यस किसिमको पात्रको भूमिकामा रही अभिनय नगरेको धेरै भएको थियो । यद्यपि कथा र उठान गरिएको विषयवस्तुले भने अभिनेता आचार्यलाई लोभ्याएको थियो ।
“एउटा कलाकारले कहिले पनि राम्रो कथालाई छाड्न सक्दैन । फिल्ममा अभिनय गर्नेक्रममा निर्देशकले तपाईँ नेपाल जान नपाउने हुनुभयो भने के गर्नु हुन्छ, भनेर प्रश्न गरेपछि सुरुमा एकछिन अप्ठ्यारोमा परेँ । त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न भन्नुभयो, त्यही गरेँ । अहिले फर्केर हेर्दा राम्रै गरेँजस्तो लाग्छ”, अभिनेता आचार्यले स्प्ष्ट गरे ।
उनले चलचित्रमा भूठानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निर्वाह गर्नुभएको छ । उक्त व्यक्ति आफ्नै देशमा फर्किन चाहेन्थे तर नसकिरहेको घटनाक्रममा आधारित भई अभिनेता आचार्यले चलचित्रमा अभिनय गरेका छन् ।
विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता आचार्यसँगै हलिउड अभिनेता ब्रुस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र ‘भूठान’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शन हुने बताएको छ ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया