२४ घण्टादेखि धनुषासहित ३ जिल्लाको विद्युत सेवा ठप्प
मेरोन्यूज
२०८२ वैशाख ४ गते ८:४५

जनकपुरधाम । ढल्केबर नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत सेवा प्रभावित भएको छ ।
धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा आंशिक ठप्प छ । २४ घण्टाभन्दा लामो समयदेखि विद्युत सेवा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।
गर्मीको समयमा पंखाकुलर चलाउन, इनार तथा कलबाट मोटरबाट पानी तान्न, विद्युतीय उपकरण चलाउन समस्या भएको छ ।
बुधबार बिहान ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी हुँदा सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ । हिजोदेखि नै मर्मत सम्भारको काम जारी छ ।
आज बिहान १० बजेसम्म विद्युत सेवा पुनः सुचारु हुन सक्ने सबस्टेशन शाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया