रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
मेरोन्यूज
२०८२ वैशाख ४ गते १८:५३

काठमाडौं । रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।
जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् । मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् ।
गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया