शनिबार, वैशाख ६, २०८२

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

मेरोन्यूज २०८२ वैशाख ४ गते २१:५६

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव बंङ्लादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । 

त्यसअवसरमा बंङ्लादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बंङ्लादेश र नेपालबीचको परापूर्वकालदेखिको मैत्रीपूर्ण सांस्कृतिक एवं सामाजिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ हुँदै गएको बताए । 

उनले संयुक्त राष्ट्रसंघ, विश्वशान्ति स्थापना, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका रणनीतिलगायत विषयमा नेपालसँग आफ्नो देशले निकट सम्पर्कमा रहेर काम गर्दै आएको बताए । 

समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका बंङ्लादेशका नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया