घरमा आगलागी हुँदा वृद्ध दम्पतिको जलेर मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २० गते ११:२०
काठमाडौँ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका २ बाम्ती लहरे टोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा श्रीमान् र श्रीमतीको मृत्यु भएको हो । राति करिब १२ बजे भएको आगलागीमा ७८ वर्षीय धनबहादुर कार्की र ६८ वर्षीया सीता कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार राति अकस्मात घरमा आगलागी भएको थियो । आगलागी हुँदै गर्दा उनका छोरा छोरा ३५ वर्षीय मनोहर, बुहारी ३२ वर्षीया कल्पना र ३ वर्षीया नातिनी स्मारिका भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
के कारणका आगलागी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
सम्बन्धित

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया