गाउँपालिका पूर्वअध्यक्ष एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
मेरोन्यूज
२०८२ वैशाख ८ गते १३:३८

संखुवासभा । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका पूर्वअध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।
पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।
सम्बन्धित
प्रतिक्रिया