रुपन्देहीको दानव नदिमा ३ बालक बेपत्ता,खोजीकार्यमा सशस्त्र प्रहरी
मेरोन्यूज
२०८२ वैशाख ८ गते १५:३९

काठमाडौं । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा ३जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।
बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षिय उमेश यादव, १४ वर्षिय राज यादव र १२ वर्षिय मुनु हरिजन छन् । उनीहरु सो नदिमा पौडी खेल्ने क्रममा आज दिउसो करीव साढे १२ बजे बेपत्ता भएको बताईएको छ ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।
सम्बन्धित










रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया