भारतमा श्रीमतीले नै गरिन पुर्व डिजेपी श्रीमानको हत्या

हैदारावाद, ९ बैशाख । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।
त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ ।
प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना खाइरहेका थिए । यसै क्रममा दुवैबीच झगडा भएको थियो । यति नराम्रो भयो कि श्रीमतीले उनको हत्या गरिन् । पल्लवीले पहिलो पटक ओम प्रकाश माथि खुर्सानीको धुलो हानेकी थिइन् । धुलोबाट मुक्ति पाउन अघि डीजीपी यता उता दौडिरहेको बेला पल्लवीले उनको घाँटी, पेट र छातीमा छुरीले १०–१२ पटक प्रहार गरिन् । यो घटनामा छोरी कृति पनि त्यहीँ रहेकी थिइन् ।
हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अफिसरकी श्रीमतीलाई ‘राक्षस मारिएको छ’ भन्ने सन्देश दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछि पल्लवीले उनलाई फोन गरेर ओमप्रकाशको हत्या गरेको बताएकी थिइन । त्यसपछि आइपीएस अधिकारीले आफैंले प्रहरीलाई खबर गरेका थिए ।
छोरा कार्तिकेशको उजुरीमा पूर्व डीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरिएको हो । कार्तिकेशले आफ्नी आमा पल्लवीलाई विगत एक सातादेखि बुवालाई मार्ने धम्की दिइरहेको जनाएका छन् । धम्कीका कारण बुबा जेठी बहिनीको घरमा बस्न गएको उनको भनाइ थियो ।
दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गएर बुवाको इच्छाविपरीत फिर्ता ल्याएकी थिइन् । दुवैको बुवासँग बारम्बार झगडा हुन्थ्यो । यसअघि कार्तिकेशले एक टिभी च्यानललाई आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित रहेको बताएका थिए । उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम, डर डिसअर्डर) को उपचार गराइ रहेकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार ओमप्रकाश र श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । ओमप्रकाशले आफन्तलाई सम्पत्ति हस्तान्तरण गरेका थिए । यही कारण दुवैबीच बारम्बार झगडा हुने गरेको थियो, जुन पछि झडपमा परिणत भएको थियो । र अन्ततः मृत्युसम्म हुने अवस्थामा पुग्यो ।
हत्यामा उनकी छोरीको हात छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त पुलिस कमिश्नर विकास कुमारले भने कि पुलिसलाई हिजो साँझ करिब ४ बजे सेवानिवृत्त अधिकारीको मृत्यु भएको जानकारी प्राप्त गरेको थियो ।
प्रतिक्रिया