शिक्षकलाई प्रचण्डको आग्रह- ‘पटकपटक धोका भएको छ, याे पटक नछोड्नु’
मेरोन्यूज
२०८२ वैशाख ९ गते १५:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको मागमा जारी आन्दोलनमा शिक्षकहरूलाई धैर्यतापूर्वक संघर्ष जारी राख्न अपिल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपाको ७७औं स्थापना दिवस कार्यक्रममा बोल्दै प्रचण्डले पटकपटक भएका वार्ता र सम्झौता असफल भएका कारण यसपटक आन्दोलन नछोड्न आग्रह गरे ।
उनले भने, “पटकपटक धोका भएको छ, यो पटक त्यो स्थिति हुन दिनुहुन्न।“ उनले एमाले नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारले देखाएको गैरजिम्मेवारीपनको नयाँ प्रमाणसमेत बताए ।
साथै, शिक्षकहरूको माग पुरानो सहमतिको कार्यान्वयन मात्रै भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका आन्दोलन लम्बिनुको मुख्य कारण रहेको टिप्पणी गरे ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया