बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

मेरोन्यूज २०८२ वैशाख ९ गते १७:१३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।

स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्तं), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा)लाई उक्त सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरुको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ कोसमेत विमोचन गरिएको थियो 

प्रतिक्रिया