ट्रम्प मे १३ मा मध्यपुर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति मध्य पुर्वी एसियाको भ्रमणमा निस्कने भएका छन् ।
ह्वाइट हासउका अनुसार राष्ट्रपति ट्रम्पले मे १३ देखि १६ सम्म साउदी अरेबिया, कतार र युएईको भ्रमणमा जाने भएका हुन् ।
ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले आज राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको मिति घोषणा गरेकी हुन । ‘उहाँ मे १३ देखि मे १६ सम्म साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुनेछ, उनले भनिन्। उनले इजरायललाई ट्रम्पले भ्रमण गर्ने देशहरूको सूचीमा नराखे बताइन ।
साथै, प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्नेछन् । उनका अनुसार आगामी शुक्रबार रोम प्रस्थान गर्ने उनी भोलीपल्ट अर्थात शनिबार फर्कने छन्।
गत २१ अप्रिलमा पोपको ८८ बर्षको उमेरमा निधन भएको थियो, क्याथोलिक धर्मका सबैभन्दा ठुला ब्यक्तित्वको अन्तिम संस्कार अप्रिल २६ मा हुने भ्याटिकन सिटीले जनाइसकेको छ ।










तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया