काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक

काठमाडाैं । मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।
जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।
भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ।
पर्यटकीय नगरीमा भएको सो आतंकवादी हमलापछि भारतीय सरकारले आतंकवाद बिरूद्द एकजुट भएर सामाना गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोटाएर एकदिन अगावै साउदी अरबबाट भारत फर्केका छन् ।
सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । प्रधानमन्त्री मोदी पनिआज जम्मू कश्मीर जाने सम्भावना रहेको जनाइएको छ।
सो आतंकवादी हमलामा नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मिर घुम्न गएका थिए ।
सो घटनाका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले निन्दा गरेका छन भने प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर दुःख ब्यक्त गरेका छन । र, साथ साथै ओलीले आतंकबादको बिरूद्दमा भारतका साथ रहेको पनि प्रतिबद्दतासमेत जनाएका छन् ।
यसैबिच, भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्विर सार्बजनिक गरेको छ । तर, नाम भने अझै खुलाइएको छैन ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया