शुक्रबार, फागुन १, २०८२

चुनावमा गरेका वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

मेरोन्यूज २०८२ वैशाख १२ गते १२:१६

गोरखा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले सो जवाफ दिएका हुन् । “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखेका थिए । 

“राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले अन्त्यमा सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन।
 

प्रतिक्रिया