गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौँमा रहेपनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको र यस क्षेत्रको जनप्रतिनिधिका हैसियतले गोर्खाली जनताको समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
“तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन÷पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,” उनले भने “अझै दुई साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु । तर, केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो होइन, यहाँको विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास गरिरहेको छु ।”
अध्यक्ष दाहालले भूकम्पको केन्द्रविन्दु बारपाकमा २८ करोडको लगानीसहित ढल निकास परियोजना शुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको स्पष्ट गरे ।
मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उहाँले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, “गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यसतर्फ सचेत र सजग भई इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियावादी र तानाशाही प्रवृत्तिको अन्त्यका लागि सबैसँग अनुरोध गर्दछु ।”









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया