शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकार पक्षबाट सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको बताए ।
युनियनले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख गरेको छ । युनियनले शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै वार्ता र संवादद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
शिक्षकको हक, अधिकार र शिक्षक पेसाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सधैँ शिक्षकका साथमा रहेको महासचिव राईले बताए । शिक्षकसँग अविलम्ब वार्ता गरी काममा फर्कने वातावरण निर्माणमा लाग्न आग्रह गरिएको छ ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया