काठमाडौं महानगरपालिकामा आज बिदा

काठमाडौं । तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।
महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो । पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।
२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।
उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।
जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भइसकेको छ ।

















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया