शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित : एमाले महासचिव
मेरोन्यूज
२०८२ वैशाख १४ गते १९:४४

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजितजस्तो देखिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको बताए । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशंका व्यक्त गरे ।
शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको पोखरेलले बताए । दुवैपक्ष गम्भीर ढंगले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।
सम्बन्धित
















पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा,शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह
आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया