महिला समूहबीच असल अभ्यास साटासाट गरी लाभ उठाउन आग्रह
मेरोन्यूज
२०८२ वैशाख १६ गते २०:१५

पाटन । ललितपुर महानगरपालिकाले महिला समूहहरूलाई एकआपसमा असल अभ्यास साटासाट गरी अझ बढी लाभ लिन आग्रह गरेको छ ।
महानगरको समाज कल्याण महाशाखाले आयोजना गरेको “उत्कृष्ट महिला समूह घोषणा तथा पुरस्कार वितरण समारोह”मा प्रमुख चिरीबाबु महर्जनले महिला उद्यमहरूलाई बजारमा जोडेर फाइदा उठाउन र आपसी सिकाइलाई प्रोत्साहन गर्न आग्रह गरे ।
उनले आगामी स्थानीय निर्वाचनमा कम्तीमा पाँच महिला वडाध्यक्ष निर्वाचित गराउनुपर्नेमा जोड दिँदै महिलाहरूलाई सशक्त ढंगले अघि बढ्न आह्वान गरे ।
यसपटक वडा नं ९ को सप्तखेल महिला समूह सर्वोत्कृष्ट समूह घोषित भयो। सानेपाको सृष्टि महिला समूहले लगातार तेस्रोपटक उत्कृष्ट समूहको पुरस्कार जित्यो। वडा नं १६, २९, ५, ६, १२, १४ र १९ का समूहहरू पनि उत्कृष्टमा परेका छन् ।
महानगरले हरेक वर्ष उत्कृष्ट महिला समूहहरूलाई पुरस्कृत गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया