भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

टक्सार (भोजपुर)। भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो । सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा यही वैशाख १४ देखि सञ्चालन भइरहेको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लव, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोटर््स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ ।














46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया