एक्सफेङले सार्वजनिक गर्यो आफ्नो पहिलो ‘ह्युमनोइड रोबोट’, सवारी साधन निर्माणमा प्रयोग गरिने

काठमाडौं । चिनियाँ ईभी कार निर्माता कम्पनी एक्सफेङले आफ्नो नवनिर्मित ह्युमनोइड रोबोट,‘आइरन’ प्रदर्शन गरेको छ । कम्पनीले चीनमा आयोजित ‘साङघाई अटो शो’मा उक्त रोबोट प्रदर्शन गरेको हो ।
यो रोबोटमा एआई चिप लगाइनुका साथै ६० वटा ज्वाइन्ट, २०० डिग्रीको स्वतन्त्रता र ३ हजार टप्सको प्रोसेसिङ पावर रहेको छ । आफ्नो पहिलो ह्युमनोइड रोबोट,‘आइरन’लाई कम्पनीले गत नोभेम्बरमा पहिलोपटक सार्वजनिक गरेको थियो । एक्सफेङका अनुसार ‘आइरन’को प्रयोग कम्पनीको अटोमोटिभ प्रोडक्सन लाइनमा भईरहेको छ । यो रोबोटले अब आउने कम्पनीको ईभी गाडीहरुलाई एसेम्बल गर्ने जनाइएको छ ।
यो रोबोटको उचाई ५ फिट ८ इन्च(१.७३ मिटर) रहेको छ । यस्तै यसको तौल १५४ पाउण्ड(७० किलोग्राम) रहेको छ । आइरन नाम दिइएको यो रोबोट मानिसजस्तै स्वरुपमा निर्माण गरिएको छ । यसको हात २२ डिग्री स्वतन्त्रताका साथ १ः१ स्केल अनुपातमा निर्माण गरिएको छ । जसका कारण यसले सटिक र लचक तरिकाले वस्तुहरु उचाल्न वा राख्न सक्छ ।
एक्सफेङका अनुसार यो रोबोटको एडभान्स्ड मोबिलिटी ‘इन्ड–टु–इन्ड लार्ज मोडल’बाट निर्देशित छन् । यसका साथै यसमा सुढृण सिकाई, सहज र प्राकृतिक हलचल र स्थिर भएर हिड्न सक्ने क्षमता रहेका छन् ।
आइरनको भ्वाइस इन्टर्याक्सन सिस्टम एक्सफेङको स्मार्ट ककपिटबाट लिइएको छ । जसले बौदिक र तर्कसंगत प्राकृतिक सम्वाद गर्न सहयोग गर्छ । यसका साथै, यसमा कम्पनीको ईभी सवारी साधनमा जस्तै कोर एआई सिस्टमको प्रयोग गर्दै एक्सफेङको स्वचालित सवारी प्रविधिपनि एकिकृत गरिएको छ । यसले अटोमोटिभ र रोबोटिक इकोसिस्टमबीचको दुरीलाई कम गर्न वा जोड्ने काम गरेको छ ।
यो रोबोटमा एक्सफेङको ‘ट्युरिङ एआई चिप’ र ‘टियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम प्रयोगमा छन् । यी दुवैले संयुक्त रुपमा उन्नत बौदिक धारणा, चालढाल र अन्तरक्रिया प्रदान गर्ने गर्छन । कम्पनीले आइरनको सिस्टमले ३ हजार टप्सको प्रोसेसिङ पावर बोस्ट गरेको दाबी गरेको छ ।
रोबोटको ‘इगल आई’ भिजन सिस्टम उन्नत क्यामेराले सुसज्जित छ । यसले वातारणको सचेतना र निर्णय लिनसक्ने क्षमतालाई सुनिश्चत गर्ने जनाइएको छ । यसका अतिरिक्त यसमा ७२० डिग्रीको एआई भिजन सिस्टम पनि रहेको छ । जुन एक्सफेङको स्वचालित सवारी प्रविधिमा समेत रहेको छ ।
कम्पनीले आयरनलाई व्यक्तिगत सहयोग कार्यालय, घर र खुद्रा स्टोरहरुमा व्यवस्थापन तथा ग्राहक सेवाका लागि प्रयोग गर्न सकिने परिकल्पना गरेको छ ।








एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
चुनावमा भाग लिने कांग्रेसको निर्णय
प्रतिक्रिया