माओवादीको ‘मध्यपहाडी लोकमार्ग अभियान’ जेठ २ देखि
मेरोन्यूज
२०८२ वैशाख २१ गते १६:४८

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्दैै नयाँ अभियानको घोषणा गरेको हो।
बैठकमा हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समीक्षा भएको थियो। अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको भन्दै माओवादीले उक्त अभियान पार्टीको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न सफल भएको दाबी गरेको छ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, ‘मध्यपहाडी लोकमार्ग अभियान’को तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको बताइएकाे छ।
सम्बन्धित













राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया