एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

काठमाडौँ । चितवनको सहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका-६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको नि:शुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको ।
केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गंगालाल हृदयरोग केन्द्रमा नि:शुल्क रूपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी बताए।
केन्द्रका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदयरोग केन्द्रले जिल्ला-जिल्लामा सञ्चालित मुटुरोग शिविरमार्फत नि:शुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए। भरतपुर महानगरपालिका वडा नं ६ ले शिविर सञ्चालनमा सहकार्य गरेको थियो ।
केन्द्रका अध्यक्ष अधिकारीले स्थानीय सर्वसाधारण लाभान्वित हुन सकुन् भन्ने उद्देश्यका साथ मुटुरोग उपचारका क्षेत्रमा देशभर स्थापित गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञसहितको टोलीलाई अनुरोध गरेको स्पष्ट गरे ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया