एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

काठमाडौँ । चितवनको सहिद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका-६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको नि:शुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको ।
केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गंगालाल हृदयरोग केन्द्रमा नि:शुल्क रूपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी बताए।
केन्द्रका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदयरोग केन्द्रले जिल्ला-जिल्लामा सञ्चालित मुटुरोग शिविरमार्फत नि:शुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए। भरतपुर महानगरपालिका वडा नं ६ ले शिविर सञ्चालनमा सहकार्य गरेको थियो ।
केन्द्रका अध्यक्ष अधिकारीले स्थानीय सर्वसाधारण लाभान्वित हुन सकुन् भन्ने उद्देश्यका साथ मुटुरोग उपचारका क्षेत्रमा देशभर स्थापित गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञसहितको टोलीलाई अनुरोध गरेको स्पष्ट गरे ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया