काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चारजना पक्राउ
मेरोन्यूज
२०८२ वैशाख २१ गते २०:५२

काठमाडौं। काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीको दाबी छ।
थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया