सोमबार, वैशाख २२, २०८२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

मेरोन्यूज २०८२ वैशाख २२ गते १५:५९

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका– १५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।
 
पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका–९ बाट, नरेन्द्रलाई काठमाडौं महानगरपालिका–२२ बाट र नर बहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 
 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया