सिरहामा भारी मात्राको लागू ओषधसहित २ पक्राउ
मेरोन्यूज
२०८२ वैशाख २४ गते २०:३३

सिरहा। सिरहामा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन् ।
जिल्लाको लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जना र उनीहरूले प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया