भारतको चर्चित अनलाइन मिडिया ‘द वायर’ माथि सरकारको बन्देज

काठमाडौं । भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो ।
अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित भनेको छ ।
इन्टरनेट सेवा प्रदायकहरूले यो अवरोधका बारेमा अनेकथरी कुरा गरिरहेको भन्दै सन्चार मन्त्रालयको हवाला दिएर आफ्नो प्रसारणमा अवरोध जनाएको उल्लेख छ । द वायरले सरकारको उक्त कदमविरुद्ध सबै कानूनी प्रक्रिया अपनाइने भन्दै सबैको सहयोगको याचना गरेको छ ।
भारतका भेट्रान पत्रकारहरू सिद्धार्थ बर्धराजन, सिद्धार्थ भाटिया, एमके बेणु, सीमा चिश्तिलगायतको पहलमा स्वतन्त्र पत्रकारिता गर्न भनेर यो मिडिया हाउस स्थापना भएको थियो । भारतमा पछिल्लो समय स्वतन्त्र प्रेस मर्दै गएको र गोदी मिडियाको बोलवाला भएको आरोप छ । द वायरलाई वाम विचारको नजिक मान्ने गरिन्छ ।

















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया