मंगलबार, चैत १७, २०८२

आलियालाई ‘नेपोटिज्म किड’ भन्नेलाई करण जोहरले दिए यस्ताे जवाफ

मेरोन्यूज २०८२ जेठ २ गते १७:३९

काठमाडौं । भारतीय फिल्म निर्माता करण जोहरले अभिनेत्री आलिया भट्टलाई ‘नेपो किड’ भन्नेहरूलाई कडा जवाफ दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

हालै एक अन्तर्वार्तामा करणले आफु नातावादको बहसबाट दिक्क भइसकेको जिकिर गरेका छन् ।

गलाटा प्लससँगको कुराकानीमा करण जोहरले भने, “के तपाईंले ‘हाइवे’ हेर्नुभएको छ ?” ‘उडता पञ्जाब’ हेर्नुभएको छ ? ‘राजी’ हेर्नुभएको छ? गंगुबाई हेर्नुभएको छ ? उनका चलचित्रहरू हेर्नुहाेस् पहिले। यदि त्यसपछि पनि तपाईंले उसलाई ‘नेपो किड’ भनिरहनुभएको छ भने तपाईं संसारको सबैभन्दा मूर्ख व्यक्ति हुनुहुन्छ।”

स्टार किड्स लन्च गर्ने बारे करणले भने, ‘म स्टार किड्सको प्रतिभामा विश्वास गर्छु। के म बलिउडको घृणाको अनुहार हुँ र यदि हो भने मलाई यो ट्याग दिनुभएकोमा धन्यवाद। तर मलाई लाग्दैन कि म यो ट्यागको योग्य छु।’

प्रतिक्रिया