बिहीबार, वैशाख १०, २०८३

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए

मेरोन्यूज २०८२ जेठ ३ गते १०:०१

काठमाडौं । इजरायलले गाजा खाली गराउनका लागि गरेको आक्रमणमा ११५ जनाको ज्यान गएको छ। इजरायलले त्यहाँ राहत वितरणमा अवरोध सिर्जना गरेको ७२ दिन भइसकेको छ। पछिल्लो ७२ दिनमा त्यहाँ समस्या अझ थपिएको छ।

Advertisement
NiccNicc

वरिष्ठ राष्ट्र सङ्घीय अधिकारी टम फ्लेटचरले विज्ञप्ति जारी गर्दै तत्काल राहत वितरणका लागि नयाँ बाटो अवलम्बन गर्नुपर्ने बताएका छन्।उनले एक लाख ६० हजार प्लेट खाद्यान्न गाजामा लैजानका लागि तयार भएको बताए।

फ्लेचरले राष्ट्र सङ्घको यो अभियान मानवतामा आधारित र भेदभाव रहित भएको बताउँदै यसमा धेरै अन्तर्राष्ट्रिय निकायको पनि सहयोग रहेको बताए।मध्यपूर्वबाट फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए।

उनले यात्राको क्रममा त्यहाँको मानवीय अवस्थाका बारे पनि सल्लाह गरेको बताए।यसअघि नै ट्रम्पले १० लाख मानिसलाई गाजाबाट लिबियामा लैजानका लागि योजना बनाइ रहेको बताए।

प्रतिक्रिया