आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।
वृष :भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : स्वास्थ्यको दृष्टिले आजको दिन अलि कमजोर देखिएको छ। पुरानो समस्यामा उल्झिनुपर्ला। धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा कुनै ठूलो जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : बुद्धि र विवेकले कार्यक्षेत्रमा निर्णयहरु लिनुहोला सफलता मिल्नेछ। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। मस्तिष्कमा उब्जिएका नयाँ विचारहरू कार्यक्षेत्रमा सहायक हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह : धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा दिखावा गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : विशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढाउनेछ। अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। भावनात्मक सम्बन्ध सबल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला :व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक :सामाजिक दायित्वहरू बढ्नेछन्। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। टाढिएका इष्टमित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु : अध्यात्मिक मनोबलमा वृद्धि हुनेछ। बोलिको प्रभावले नबनेको काम पूरा गर्न सक्नुहुनेछ। रोकिएका कामहरू बन्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् समय राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर :अप्ठ्यारो पर्दा शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापार व्यवसाय मनग्य लाभ मिल्ला। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्न र अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ :व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ।आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। दोहोराएर प्रयास गर्दा काम बन्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मीन :गरिरहेको कार्यलाई निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजय हात लाग्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
प्रतिक्रिया