परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरूको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरूको सम्बन्धका विविध विषयहरूका साथै आपसी हित र साझा चासोका विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा युरोपियन युनियन र यसमा आबद्ध राष्ट्रहरूले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । साथै, उनले नेपाल सरकारले हिजो मात्र सम्पन्न गरेको सगरमाथा संवादमा युरोपियन युनियनका सदस्य राष्ट्रहरूका तर्फबाट भएको सहभागिताका लागि पनि धन्यवाद दिइन् ।
मन्त्री राणाले पछिल्लो समयमा नेपाल जलवायु परिवर्तनको असरबाट अकल्पनीय रूपमा पीडित भइरहेको र नेपालले अन्तर्राष्ट्रिय रूपमा जलवायु न्याय माग गरिरहेकाले नेपालको यस अभियानमा साथ र सहयोगका लागि युरोपियन युनियनका सदस्य राष्ट्रहरूलाई आग्रह गरिन् ।
उनले शिष्टाचार भेटका क्रममा युरोपियन युनियनका सदस्य राष्ट्रहरूसँग नेपालमा पर्यटन, कृषि, पूर्वाधार निर्माण, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीका लागि आफ्ना देशका निजीक्षेत्रलाई प्रोत्साहित गर्नका लागि पनि आग्रह गरिन् । नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुन लागेकामा नेपाललाई त्यसपछिको आवश्यक सहयोगका लागि पनि मन्त्री राणाले युरोपियन युनियन आबद्ध राजदूतहरूमार्फत युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरिन् । सो शिष्टाचार भेटमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियन र आबद्ध सदस्य राष्ट्रका २० जना मिसन प्रमुख एवं राजदूत सहभागी थिए ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया