लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्नेका लागि बिहान ७ः३० बजेबाट नै बैठक सुरू गरिनेछ भने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने भएको छ।
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने – फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया