ओलीविरुद्ध माधव नेपाल पक्ष निर्वाचनमा जाँदै

काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभाको एक सिटका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध डा. खिमलाल देवकोटा भिड्ने भएका छन् । आगामी जेठ ६ गते हुने निर्वाचनमा एमालेका तर्फबाट सूर्य चिह्नमा बादलले उम्मेदवार दिने भएका हुन् भने एमालेकै नेता देवकोटाले माओवादीको चुनाव चिह्नमा उम्मेदवार दिने भएका हुन् ।
बादल केपी शर्मा ओली नेतृत्व सरकारमा गृहमन्त्री छन् । यस्तै, माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. देवकोटालाई आफ्नो चुनाव चिह्नमा उम्मेदवार बनाउन लागेको हो । देवकोटालाई माओवादीसहित नेपाली कांग्रेस र एमालेकै माधव नेपाल पक्षलगायतले समर्थन गर्ने भएको छ ।
मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीच छलफल भएर डा. देवकोटालाई ओलीको विपक्षी गठबन्धनमा साझा उम्मेदवार बनाउने सहमति भएको थियो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी पूर्ववत अवस्थामा नै नेकपा एमाले र नेकपा माओवादी केन्दलाई ब्यूँताइदिएसँगै माओवादी केन्द्रका नेता बादल ओली नेतृत्वको पार्टीमा लागेका थिए । बादलले चुनाव जितेको पार्टी छाडेको भन्दै माओवादी केन्द्रले उनीसहित प्रतिनिधीसभाका ४ र राष्टिय सभाका २ जना सदस्यलाई कारवाही गरेको थियो । त्यस्तै प्रदेशतर्फका पनि केही सांसद र स्थानिय तहका पनि केही जनप्रतिनिधीलाई माओवादीले कारवाही गरी पदमुक्त गराएको छ। योसँगै उनीहरूको पद स्वतः खारेज भएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका सांसदबाट राजीनामा दिइ कांग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको एक नेताले जानकारी दिए ।
डा. देवकोटाले विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यस्तै उनी वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।
यो पनि पढ्नुहोस्
माओवादीको चुनाव चिन्ह्रमा गृहमन्त्री बादलसँग खिमलाल भिड्ने

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया